कञ्चनपुर-२०५८ सालमा ४ कठ्ठा जमीनबाट तरकारी खेती सुरु गरेका हरिराम चौधरी हाल १५ बिघा जमिनमा तरकारी खेती गरिरहेका छन् । उनले तरकारी खेतीबाटै राम्रो आम्दानी गरे र जिल्लामा उत्कृष्ट किसानको रुपमा सम्मानित भए । हरिरामले तरकारी खेतीबाट गरेको आम्दानी र उनले विभिन्न निकायबाट पाएको सम्मानले सिंगो गाउँनै परिवर्तन भयो । सुरुमा गाउँका कसैले पनि तरकारी खेती गरेका थिएनन् । हरिराम चौधरीको तरकारी खेतीबाटै गरेको प्रगति देखेर गाउँले सबै तरकारी खेतीमा लागेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालीकाको वडा न. ६ बालुवाफाँटामा तरकारी खेती बाहेक अरु केही छैन् । सिंगो गाउँ नै तरकारी खेतीमा लागेको छ । अरु बाली छोडेर गाउँका सबै तरकारी खेतीमा लागेका हुन् ।

हरिराम अहिले ति पुराना दिन सम्झन्छन् । साझ विहान छाक टार्न पनि धौ धौ हुन्थ्यो । हरिरामले भने, “सुरुमा त धेरै समस्या थियो जब मैले तरकारी खेती सुरु गरे त्यसबाट थोरै आम्दानी भयो तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।”

हरिराम चौधरी कञ्चनपुर जिल्लामा मात्र नभएर देशकै एक उत्कृष्ट कृषकको रुपमा चिनिन्छन् । उनले हाल सम्म उत्कृष्ट कृषकको रुपमा ५ वटा पुरुस्कार पाएको बताए । उनले उत्कृष्ट कृषकको रुपमा राष्ट्रपती पुरुस्कार पाएको उनी बताउछन् । उनले भने, “जिल्लाबाट पनि मैले सम्मान पाएको छु, जिल्ला कृर्षी विकास कार्यालय,युवा स्वरोजगार र रास्ट्रपती पुरुस्कार पाएको छु ।” आफू उत्कृष्ट कृषकको रुपमा सम्मानीत भएपछि तरकारी खेती विस्तार गर्दै गएको उनले बताए । उनले भने, “सम्मानित भएपछि हौसला बढ्यो खेती बढाउदै गएँ ।” उनले तरकारी खेतीको कमाईले अत्तरियास्थित बजारमा जमिन किनेर घर बनाए अहिले घर भाडामा दिएको बताए । उनले भने, “तरकारीको कमाईले मैले टेक्टर किने,चम्पा किने,अतरीयामा घर बनाए भाडामा दिए र हाल कलुवापुरमा १ विघा जमिन किनेको छु ।”

तरकारी खेतीबाट हरिरामले गरेको प्रगती देखेर गाउले सबै तरकारी खेतीमा लागेका छन् । हरिरामले भने, “सुरुमा म एक्लै तरकारी खेतीमा थिएँ । पछि विस्तारै सबै तरकारी खेतीमा लागे तरकारी खेती अझ बढाउने पक्षमा छन् ।” उनले अरु खेती भन्दा राम्रो आम्दानी र दैनिक आवश्यक भएको हुनाले पनि तरकारी खेती राम्रो भएको बताए ।

हरिरामका दुईवटा छोरा छन् उनीहरू पनि तरकारी खेती नै गर्छन उनले छोराहरू विदेशबाट र्फकेर तरकारी खेती गरिरहेको बताए । उनले भने, “छोरालाई विदेश पठाएको हु २ वर्ष बसेर आयो अहिले तरकारी खेतीमै छ उसले पनि विदेश भन्दा यतै राम्रो छ भनेर जादैन भन्छ ।” हरिरामले तरकारी खेती बाटै वार्षिक १२ देखी १३ लाख सम्म आम्दानी हुने गरेको बताए । उनले भने“ तरकारी खेतीमा वर्षमा सबै खर्च कटाए र ७ लाख सम्म मुनाफा हुन्छ, ट्रयाक्टर घर भाडा गरेर वर्षमा १० लाखसम्म कमाइ हुन्छ ।”

त्यस्तै, वालुवाफाँटाका अर्का कृर्षक टेक वहादुर चौधरी पनि तरकारी खेती गर्छन् । उनी कतारमा २ वर्ष बसेर आएका हुन् । अहिले उनी तरकारी खेती र कुखुरा पालन गरि रहेका छन् । उनले भने २ वर्ष कतारमा बसे राम्रो लागेन यता हरिरामले तरकारी खेती बाट गरेको प्रगती देखेर आफु पनि तरकारी खेती गर्न सुरु गरेको बताए । उनले भने, “सुरुमा त मैले १ कठ्ठामा खेती गरेको हुँ हाल १५ कठ्ठामा गरिरहेको छु ।”

उनले तरकारी खेती बाट राम्रो आम्दानी हुन थालेपछि गाउले सबै तरकारी खेतीमा लागेको बताए । उनले भने, “बजारको समस्या पनि छैन गाडी घरमै आउछ गाडी नआए अतरीया सम्म वाईकमा लगेर बेच्ने गरेका छौं ।”

उनले गहुँ, धान थोरै लगाए थोरै हुने तरकारीमा कम लगानीमा बढी फाईदा हुने भएकोले गाउँले तरकारी खेती तर्फ आर्कर्षीत भएको बताए । उनले भने, “यहाँ जग्गा भएका मान्छेले यतै खेती गर्नु राम्रो हो विदेशमा त दुःख मात्रै हुन्छ । ” कृष्णपुर नगरपालीका वडा न् ६ का वडा अध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत तरकारी खेती भइरहेको बताए ।

स्रोत:महादेव अवस्थी, कारोबार राष्ट्रिय दैनिक, कार्तिक १५, २०७५
karobardaily.com/news/country/12165