रिना खत्री,
काठमाडौं । युवाहरुमा आएको नयाँ सोच र प्रबिधिको प्रयोगबाट हुने अनलाइन बजारले हालैको दिनमा जीवनशैलीमा धेरै परिवर्तन ल्याएको देख्न सकिन्छ । सहरी व्यस्ततासँगै सहज रुपमा बजारमा पाइने सेवा घरसम्म आइपुग्ने प्रविधिप्रति आकर्षण बढ्नु स्वाभाबिक नै हो ।

प्रबिधिको उचित प्रयोगले जीवनशैली परिवर्तन भएसँगै पछिल्लो समय अनलाइन बजारले मानिसका हरेक आवश्यक्ता पूरा गरिरहेको छ । चाहे लगाउने लुगा होस् वा खानेकुरा नै, अब ग्राहकहरु अनलाइन मार्फत त्यसको परिपूर्ति गर्न लागिरहेको देखिन्छ ।
नेपाली धोबीडटकम, सारथी, खाली सिसिडटकम, दराजडटकम जस्ता अनलाइनको माध्यमबाट समाजमा रहेको समस्याको समाधानलाई नयाँ सोचका साथ उधमशीलतामा बदल्ने युवाको संख्या पनि पछिल्ला बर्षहरुमा बढिरहेको छ । चाहे घरमा होस् वा अफिसमा, भोक लागेको बेलामा रेष्टुराँ वा होटलसम्म पुग्न नभ्याउने वा अर्डर गरेको खाजा छिटो र मिठो होस् भनेर धारणा राख्नेहरुको व्यस्त कामकाजीहरुको लागि अनलाइन फास्टफुड डेलीभरी गर्नेहरु पनि धेरै भइसकेका छन् ।
भोक लाग्यो का सस्थापक अभिषेक गुरुका अनुसार अनलाइन खानाको बजारलाई व्यवस्थित गर्न सरकारले अनलाइन उद्यमीहरुको लागि एउटा राम्रो अवसर दिन जरुरी देखिन्छ । यसका साथ साथै अभिभावकहरुले पनि डिग्रि गर्न र सर्टिफिकेट लिने शिक्षामा मात्र ध्यान नदिई व्यवहारिक शिक्षामा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय डिग्रि लिने र बाहिर जाने प्रवृति बढ्दै गइरहेको छ । यसलाइ कम गर्न पनि नेपालमा नै यस्ता उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको उनको तर्क छ । पछिल्लो समय युवामा भएको नयाँ सोचको उद्यमशीलताको बजारमा निकै माग रहेको छ, त्यो बुझ्नु जरुरी दखिन्छ । उनी भन्छन् जुन काम गरिन्छ त्यसमा एउटा उद्धेश्यको साथ अघि बढिन्छ भने त्यसमा पक्कै सफलता मिल्छ ।

फुडमाण्डु
अनलाइन र कलिङ फास्टफुड सेवामा पहिलो सेवाको रुपमा पनि मान्न सकिने फुडमाण्डुका संस्थापक मनोहर अधिकारी आठ वर्षको अबधिमा यस संस्थाले ग्राहकको मन जित्न सफल भइसकेको बताउँछन् । हाल ३०० को हाराहारीमा रेष्टराहरुसँग आवद्ध रहेको फुडमाण्डुले ग्राहकको सेवा परिपूर्ति गरिरहेको छ । साथै ९० जनालाई रोजगारी पनि सिर्जना गरिरहेको छ । सहरी क्षेत्रको व्यस्ततालाई मध्यनजर गरेर नै करिब आठ वर्ष पहिला स्थापना भएको यस संस्थाले हालको दिनमा आफ्नो छुट्टै ब्रान्ड बनाइसकेको छ । बिहान ११ ३० देखि साँझ ८ ३० सम्म ग्राहकको सेवामा लाग्ने यस संस्थालाई आजको दिनमा फर्केर हेर्दा एक सफल उद्यमशीलताको उदाहरण पनि भन्दा हुन्छ । आज खाजाको लागि एक दर्जन अनलाइन र कलिड फुड अर्डर सस्थाहरु स्थापना भईसकेको छन् ।
अर्डरको संख्याको रुपबाट हेर्ने हो भने, मम बडि अर्डर भएको पाइन्छ । फुडमाण्डुमा खाजा अर्डर गर्न चाहने ब्यक्तिले मोबाइल एप, टेलिफोन कल र अनलाइनबाट अर्डर गर्न सकिन्छ । यसका साथ साथै आफुलाइ मन पर्ने रेष्टुराँ र मेनु हेरी खाजा अर्डर गर्ने सुबिधा फुडमाण्डुले ग्राहकलाई दिएको छ । यस्ता संस्था उद्यमशीलतामा मात्र अघि बढिरहेको छैन, यसले स्वदेशमै बेरोजगार युवाहरुलाइ पनि रोजगारीको सिर्जना गराएको छ ।
अफिसको समयमा सरीमा पहरी फुडमाण्डुबाट खाजा अर्डर गर्छिन् । उनले यसो गरेको १ बर्ष भइसकेको छ । कहिलेकाहिं परिवारसँग हँुदा पनि घरमै खाजा अर्डर गर्ने गरेको छु । उनी भन्छिन् रेष्टराँको मूल्य पर्ने र आफूलाई मनपर्ने रेष्टराँबाट पनि खाजा अर्डर गर्न मिल्ने भएकाले म फुडमाण्डुबाट नै खाजा अर्डर गरिरहेको हुन्छु ।

भोक लाग्यो
हामी मध्ये धेरै व्यक्तिले खाजा खाने समय होस् वा खाना खाने समय नै किन नहोस् भोक लाग्यो त पक्कै पनि भनेकै हुन्छांै । भोक लाग्योको स्थापना पनि यहि बाट भएको हो । तपाई हामीकै समस्यालाई उद्यमको रुपमा बदलेका छन् , दुइ युवाहरुले । आइटिमा ब्याचलर गरेका अभिषेक onlineBhansa-01
गुरु ङ ब्याचलर गरेका सीजे उजेले । नेपालमा पहिलो रात्रि फुड डेलिभरी गर्ने संस्थाको रुपमा भोक लाग्योलाइ लिन सकिन्छ । यसको स्थापनाको कथा पनि निकै रमाइलो रहेको छ । अभिषेक गरु ङका अनुसार एक बर्षअघि रातिको समयमा उनलाइ भोक लागिरहेको थियो । फ्रिजमा खाना खोज्दा त्यसैले यहीबाट उनीहरुले भोक लाग्योलाई आफ्नो मात्र नभइ समाजको समस्याको रुपमा अनुभूति गरि यही समस्यालाइ उद्यममा परिणित गरे । तर सुरुमा बजार कस्तो रहला भन्ने दोधारमा रहेको थियौ, उनी भन्छन् तर केही महिनामा यसको राम्रो प्रतिकृया पाएपछि भने यसलाइ सफल ब्यबसायको रुपमा एक कदम अघि बढ्ने हौसला पनि मिलेको छ । हामीले समस्यालाई नै नाम दियौ र नामले नै हामिलाइ बजारमा परिचित गराएको छ । ग्राहकले उपत्यका बाहिर धरान, विराटनगर र अन्य क्षेत्रबाट यसको शाखा विस्तारको लागि पनि ल्याउनुपर्ने मागले अझ कार्यमा हौसला मिलेको छ । सुरुको दिनमा हामिले राति आठ बजे देखि चार बजे सम्म अर्डर लिन थाल्यौ । बिशेष गरी बिधार्थी र रातीको समयमा काम गर्ने र साँझ घर फर्कने व्यक्तिहरुले खाजा अर्डर गर्थे । हाल हामी दिउँसोको समयमा पनि खाजाको अर्डर लिइराखेको छौं । यसको साथै भोक लाग्योको आफ्नै भान्छाबाट पनि खाजा बनाउने गरिएको र अर्गानिक खानामा बढि जोड दिएको बताए । अभिषेक उद्यमी बन्नको लागि युवाहरुलाइ समाजमा वा बजारमा कस्तो किसिमको समस्या रहेको छ बुझेर त्यहि समस्यालाइ समाधान दिने उद्यम गर्दा सफल हुन्छ भन्छन् । सरकारले पनि यस्ता क्षेत्रमा युवालाइ प्रेरणा दिएमा वैदेशिक रोजगारमा जाने युवामा केही कमी आउने उनले बताएका छन् । यसका साथ साथै युवाहरु आफ्नै देशमा उद्यमशील हुन सक्छन् । तर बजार निकै ठूलो हुँदा हुँदै पनि हालको समस्या भनेको ई सेवा एवं स्वाइप मेसिनको प्रयोग नहुनु रहेको उनीहरु बताउँछन् ।

पिज्जा कटर
पिज्जा कटरको स्थापना भएको तीन बर्ष भइसकेको छ । यो अवधिमा पिज्जा कटरले आफ्नो ग्राहको मन जित्न सफल भएको छ । पिज्जा कटरका संचालक शैलेन्द्र घिमिरेका अनुसार पछिल्लो समय व्यस्तताको साथसाथै अनलाइन एवं फोनको माध्यमबाट खाजा अर्डर गर्न ग्राहकको संख्या बढ्दै गइरहेको छ । ग्राहकहरुको स्वास्थ्य , खाना र सेवामा बिशेष ध्यान दिनाले ग्राहकको संख्या बढ्ने बताउँछन् उनी । जावलाखेल, वसन्तपुर, चुच्चेपाटि, लाजिमपाट, onlineBhansa-02नक्साललगाएत हाल नौ वटा शाखा स्थापना गरिसकेको छ ।
फास्टफुडको रुपमा र खाजाको रुपमा पिज्जालाइ ग्राहकले लिने गरेको उनको अनुभब छ । बिशेष गरी १२ बजे देखि बेलुका ७ बजेसम्म हामी काममा बढी व्यस्त छौं । उनी भन्छन् हामीसँग हाल ६० देखि ७० जना स्टाफहरु छन् । उनका अनुसार हाल १५ प्रतिशत डेलिभरीमा र ८५ प्रतिशत ग्राहकहरु प्रत्यक्ष आउने गरेका छन् । बिशेशगरी युवाहरुमा अरुको कामको नक्कल गरेर हैन, आफूमा भएको उद्यमशीलतालाई नै अघि बढाएमा सफलता हासिल गर्न सकिने उनको अनुभब छ ।

स्रोत: रिना खत्री, कारोबार दैनिक , बिहिवार जेठ १०, २०७५