दिपेन्द्र श्रेष्ठ, सफल समाचार/काठमाण्डौ
कुरा २०७२ साल भदौ महिना तिरको हो । घरमा सोफाको खाँचो निकै खड्किएकोले हामी दम्पत्ती छिमेकमै रहेको बिष्णुदाइको सोफा फ्याक्ट्री तिर लाग्यौं । बालकुमारी मन्दिर छेउमा रहेको पसलमा पुगेपछि बिष्णु दाइसंग भेट भयो । अलिक अप्ठेरो हाम्रो कोठाको लागि गर्नु पर्ने नापजाप र गुणस्तरको बिषयमा टुंगो लागेपछि सोफाको अर्डर दिएर हामी फर्कियौं । दररेटको बिषयमा अलिक महङ्खो पर््यो कि भनेर हामी बुढाबुढी बिच कुराकानी पनि भयो, तर गुणस्तरमा सम्झौता नगर्न वचन दिनु भएको बिष्णुदाइको वाणीलाई सम्झेर चित्त बुझायौं । छिमेकी मुलुक भारतको नाकाबन्दीको असरको वाबजुद पनि भनेकै समयमा सम्झौता अनुरुपकै सोफा घरैमा आइपुगेपछि निकै हर्सित बन्यौं र बिष्णुदाइले बोलेको कुरा पुर्याउनु हुँदोरहेछ भन्ने पनि हामीलाई लाग्यो ।SafalKatha-02(2)

 

 

बाटोमा हिड्दाँ अकल–झुकल भेट हुने विष्णुदाइसंग भेट हुने क्रम भने पातलिदै गइरहेको थियो, अनि त एक दिनको भेटमा प्रश्न गर्ने मौका मिलिहाल्यो– “आजकाल अलि व्यस्त देखिनुहुन्छ नि दाइ” भनेर सोध्दापो पो बल्ल थाहा लाग्यो, दाइ त घरै छेउको २ रोपनी खाली जमिन भाडामा लिएर नयाँ सोफा फ्याक्ट्री पो खोल्न व्यस्त हुनुभएको रहेछ । त्यसपछि मलाइ पनि त्यो फ््याक्ट्री हेर्न जान हतार भैइहाल्यो । भोेलिपल्ट नै म दाइको फ््याक्ट्री हेर्न गैहाले । अघि कहिल्यै पनि त्यस किसिमको ब्यवसाय नहेरेकोले मलाई निकै रमाइलो लाग्यो । यत्रतत्र छरिएर रहेको काठका फ्रेमहरु तथा डनलपहरु (गद्घाहरु) अनि सोफा तयार गर्दा लाग्ने सबै किसिमको कच्चा–पर्दाथहरु देखी आवश्यक किलाकाटी तथा औजारहरु अनि ब्यस्त ८–१० जना कालीगढहरु अनि अर्को ठुलो हलमा तयार भएको रगं– बिरंग र अनेक आकारका सोफाहरु, काम गर्ने कालिगढहरु को बस्ने–खाने व्यस्थाको साथै एउटा चरिच्याट्ट परेको कार्यलय (अफिस) समेत देख्ने मौका मिलिहाल्यो । आफ्नो देश नेपालमा नै केहि ब्वसाय (काम) गर्न पाए हुन्थ्यो भन्ने हरुको लागि असाध्यै राम्रो उदाहरणको रुपमा लिन सकिने विष्णु दाइको सोफा फ्याक्टी साहै राम्रो र उदाहरणीय नै लाग्यो ।

सानो लगानीबाट सुरु भएका विष्णु दाइले मेहेनत गरेको खण्डमा मासिक लगभग एक लाख रुपैयाँ आर्जन गर्न (कमाउन) सकिने कुरा अवगत गराउनु भएपछि उहाँको यस सोफा फ्याक्ट्रीको बारेमा थप जानकारी लिने जिज्ञासा पलायो । त्यसपछि थोरै लगानीबाट मनग्य आमदानी गर्न सकिन्छ भन्ने जानकारी सम्बन्धीत निकाय सम्म (लक्षित बर्गसम्म) पुगोस भन्ने अभिप्रायले केहि समय यस विषयमा चर्चा गर्ने अनुमति लिएँ ।

वास्तविक कुरा यस प्रकार रहेछ –
२०६१ सालमा एक लाख रुपैयाको लगानीमा बालकुमारीको मन्दिर नजिक ललितपुर युनिक फर्निचर प्रा. लि. पसल सुरु गर्नु भएका विष्णुदाइ ग्राहकलाई रिजाउन (हातलिन) साहै सिपालु हुनुहुदो रहेछ । थोरै मात्र शिक्षा आर्जन गनुभएका भएता पनि ब्यापारको विषयमा पि.एच.डी. नै गर्नु भएको जस्तो भान हुने गरी सिपालु भएको थाहा पाइयो । २०४५ सालतिर लगभग २ वर्ष जति अहिले आफुले खालेको जस्तै पसलमा काम गरेर फर्निचर सम्बन्धीको सबै ज्ञान सिकिसक्नु भएको विष्णुदाइलाई काम कसरी गर्ने भन्दापनि आवश्यक कच्चा पर्दाथ कसरी जुटाउने र आएका अर्डर बमोजिमका सामानहरु कसरी समयमै तयार पारिदिने भन्ने चिन्ता बढि हुने गर्दो रहेछ, जसका लागि उनले ३६% प्रतिशत सम्म ब्याजमा १ देखि २ लाख रुपैया सम्म लिएर केहि बर्ष काम चलाउनु भएको कुरा पनि सुनाउनु भयो । दृढ संकल्पका साथ लगनसिल र इमान्दारीका साथ काम गरेको खण्डमा असफलता भन्ने शब्द नै सुन्न नपर्ने उहाँको नारा नै रहेछ ।

१० वर्षको उमेर हुदा बुबा गुमाउनु भएको सफल विष्णुदाइको पुख्यौलि घर बिराटनगर रहेछ । ३ दाजुभाईका कान्छा भाइ आफु १२ वर्षकै उमेरमा दाइहरुको साथलागेर ३,४ वर्ष भारतमा केहि आए आर्जन गर्ने सिलसिलामा समय विताइसक्नु भएको कुरा पनि थाहा पाइयो । सानै उमेर देखिनै उधमी तथा व्यवसायी विचार भएका उनी कहिले कुखुरा फारम त कहिले कपडा पसल अनि कहिले किराना पसल त कहिले खेति किसानी जस्ता कार्महरु गरी पैसा कमाउन (धन आर्जन गर्न) हर प्रयास गर्नु भयको थाहा पाइयो । केहिमा पनि सफलता हांसिल गर्न नसक्नुको कारण धैर्यता र लगनशिलताको अभाव हो भन्ने कुरामा पनि प्रकाश पारिदिनु भयो । किनभने कुनैपनि ब्यवसायमा सफलता पाउन केहि बर्ष त लाग्नेनै हुन्छ । यो कुरामा पनि बिष्णुदाइले
प्रकाश पारिदिनु भयो । २०५५ सालतिर खाडी मुलुक साउदी अरेबीया पनि जानु भएको रहेछ तर विष्णुदाइलाई एउटा कामको सम्झौता गरी अर्को काममा लगाएपछि चित्त नबुझेर ८ महिना मात्र बसी फर्केका पनि थाहा पाइयो । कुनै पनि काम एक डेढ–बर्ष भन्दा गर्नै नसक्ने धैर्यता नै नभएको कारण नेपालमा विभिन्न व्यवसायको अधुरा अनुभवहरु बटुल्दै दोस्रो पटक २०५७ सालमा खाडी मुलुक मलेसीयातिर पनि पुग्नु भएका रहेछ । दुई बर्षको बसाइमा ४ लाख रुपैया जम्मा गर्न सक्षम विष्णुदाइले नेपाल फर्केर बालाजु क्षेत्रमा किराना पसल संचालन गर्न थालेको अनुभव सुनाउनु भयो । अधैर्यताको कारण अनि साथीभाइको संगतमा लागेर ४ लाखमा सुरु गरेको पसल ३ लाख रुपैया बेची महिनाको एक लाख रुपैया कमाउने सपना देखेर खाडी मुलुक इराक २०६० सालमा गएको कुरा स्मरण गराउदै ४ महिना पनि बित्न नपाउदै खालि हात नेपाल फर्कनु परेको अनुभव सुनाउनु भयो । कारण इराकमा भएको १२ नेपालीको विभत्स हत्याको सनसनीपूर्ण खबरले हतास बनाएको र नेपाल मै गएर बरु केही गर्नु पर्ला भन्ने मनसायले नेपाल फर्कने दृढ संकल्प बनाउनु भएको कुरा उहाँले ब्यक्तगर्नु भयो ।

खाली हात नेपाल फर्कनु भएका बिष्णुदाइले नेपाल सरकारको श्रम मन्त्रालयबाट पाउनुपर्ने एक लाख रुपैया क्षति पूर्ती केही संघर्ष पश्चात पाउनु भएको कुरा सुनाउदै त्यही एक लाख रुपैयाबाट ललितपुर युनिक फर्निचर प्रा. लि. पसल खोलेर आज यहाँ सम्मको बाटो तय गरेको कथा बारे जानकारी दिनुभयो साथै कुनै पनि काममा धैर्यताका साथ लगनशिल भएर इमान्दार रहि लागि रहदा १४ बर्षमा पूर्ण लक्ष्य प्राप्ती हुने कुरामा ठोकुवा नै गर्नुभयो ।

उहाँको पुरानो पसल जुन ललितपुर युनिक फर्निचर प्रा. लि. पसल बालकुमारीमा अवस्थित रहेको छ भने अहिलेको नयाँ पसल २०७२ सालबाट ललितपुरको बोजेपोखरी स्थित इमाडोलमा अवस्थित छ, जहाँ सोफाहरु मात्र उत्पादनगरिन्छ । १२ हजार देखी ९० हजार सम्मका सोफाहरु हाल उत्पादन भई रहेका छन् भने अर्डर अनुसारका जस्तोसुकै डिजाइनका सोफाहरु पनि तयार गरिन्छ । यो कुरा पनि उहाँबाट जानकारी प्राप्त भयो । भविष्यमा गुणस्तरलाई अझै सुधार गर्दै लैजाने उहाँको सोच रहेको पाइयो । राम्रो गुणस्तर अनि सम्झौता अनुसार समयमा नै उपलब्ध हुने तथा ठुलो परिणममा उत्पादन हुने हुनाले र धेरै सख्याको बीचबाट छानेर लिन पाउनेहुनाले प्रायः ग्राहकहरु पटक पटक आउने गरेको कुरा पनि उहाँबाट अवगत भयो ।

यस डेढ दशकको दौरानमा उहाँले भन्ने गर्नु भएको नारा “जुनसुकै राम्रो ब्यवसाय किन नहोस दृढ संकल्पको साथ ईमान्दारी पुर्वक निर्वाह गर्नुभएको खण्डमा सतप्रतिशत नै सफल भइन्छ” लाई अनुशरण गर्नुभएकोले नै आजको दिनमा (मेहनत गरेको खण्डमा) महिनाको लाखौं रुपियाँ सजिलै कमाउन सकिरहेको कुरा अवगत गराउनु भयो । यो डेढ दशकको समयमा करिब डेढकरोडको सम्पत्ति कम्पनिको भईसकेको, जसमा नयाँ फ्याक्ट्री स्थापनाकालमा केहि रकम अन्य आम्दानीबाट पनि समाबेस गरेको कुरा पनि जानकारी गराउनु भयो ।

उहाँ आफु पुर्ण सफल हुंदै गईरहेकोमा खुशी ब्यक्त गर्दै सानो लगानी बाट पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने जानकारी आम बेरोजगार युवापिडीलाई दिन चाहानुहुन्छ । हस् त धन्यवाद ।