म्याग्दी । युवाको लहर विदेशतिरबढिरहेका बेला बेनीका एक युवालेभने गाउँमै नयाँ कामको थालनीगरेका छन् । बेनी नगरपालिकाहुलाकीडाँडाका ईश्वर केसीलेजिल्लामै पहिलोपटक टर्की जातकोपंक्षीपालन गरेका हुन् । गाउँमैबसेर सिर्जनशील काम गर्ने सोचराख्नुभएका केसीले डेढ वर्षअघिपाल्पाबाट १२ वटा चल्ला ल्याएरविवरण सार्वजनिक गर्दै आएकोछ । जसअनुसार गएको चैतमहिनामा रु एक लाख ४४ हजारखर्च भएको जनाइएको छ ।टर्की पाल्न शुरु गरेका हुन् । एकवर्षयता रु। दुई लाखभन्दा बढीकोटर्की र चल्ला बिक्री गरेको उनलेबताए । भर्खर जन्मेको टर्कीकोचल्लाको मूल्य रु तीन सयदेखि रुचार सय तथा एक महिना पाल्दारु एक हजार ५०० पर्छ । चारमहिनामा चल्ला दिन शुरु गर्नेटर्की छदेखि नौ महिनासम्म मासुखानका लागि उपयुक्त हुन्छ । भालेटर्की १२ देखि १३ किलोग्राम तथापोथी सातदेखि आठ किलोग्रामतौलको हुन्छ । एक किलो टर्कीकोमासुको मूल्य रु एक हजार पर्छ ।यतिखेर केसी नमूना कृषककारूपमा चिनिन थालेका छन् ।सञ्चारमाध्यम र इन्टरनेटकोमाध्यमबाट टर्कीपालनसम्बन्धीजानकारी पाएपछि उनी यसतर्फआकर्षित भएका हुन् । “टर्कीकोमासु गाउँमै बिक्री भइरहेको छ,”उनले भने, “बेनीबाट जिउँदो टर्कीकिन्न ग्राहक घरमै पुग्ने गरेकाछन् । स्वदेशीभन्दा विदेशीपर्यटकले यसको मासु मन पराउनेगर्छन् ।”

स्रोत: ढोरपाटन राष्ट्रिय दैनिक, बैशाख ४ मंगलबार २०७५